मिति २०८० पौष २६ र २७ गते बैतडी, माघ ३ र गते ४ इटहरी, सुनसरी र फाल्गुण ४ र ५ गते  पथलैया, बारामा एकीकृत स्वास्थ्य व्यवस्थापन प्रणाली र इ टि बि सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा क्षयरोग डट्स केन्द्र रहेका स्वास्थ्य संस्थाका स्थ्यकर्मीहरु तथा स्थानिय तहका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीहरु सहभागि रहेका थिए ।

 उद्देश्यहरु

  • राष्ट्रिय क्षयरोग कार्यक्रम (NTP) को वारेमा संक्षिप्त जानकारी गराउने ।
  • eTB सम्बन्धि क्षमता अभिवृध्दि गर्ने ।
  • . eTB रजिष्टरमा रहेको क्षयरोगका बिरामीहरुको अभिलेख Digitalize गर्ने ।
  • eTB मा रहेको क्षयरोगका बिरामीहरुको अभिलेख Interoperability मार्फत Direct HMIS/DHIS2 मा Upload गर्ने ।
  • कामको दोहोरोपना हटाइ कार्यवोझ कम गर्ने ।
  • क्षयरोग कार्यक्रमको सेवा प्रवाहको Digitalize Data Base तयार गरी क्षयरोग कार्यक्रमको सूचना चुस्त दुरुस्त राख्ने ।