योग्यता निर्धारण/छनौट, खरिद प्रक्रिया, वितरण तथा औषधिको संचय कार्यविधि

योग्यता

टीबी औषधिको योग्यता निर्धारणका आधारहरु:

  • औषधिका विभिन्न वर्गहरुको संख्या
  • औषधि तथा सामग्रीहरुको वार्षिक खपत
  • निर्धारित बजेट
  • हाल रहेको मौज्दात

खरिद

  • नेपाल सरकारबाट गरिने हरेक खरिद कार्यहरु सार्बजनिक खरिद ऐन तथा नियमावली अनुसार गरिनेछ
  • खरिदको योग्यता माथि निर्धारण गरे बमोजिम रहनेछ
  • नेपाल सरकारको स्रोत तथा GFATM स्रोत अन्तर्गत हुने खरिद प्रक्रियामा राष्ट्रिय क्षयरोग केन्द्र र SCI, Nepal दुबैको संलग्नता रहनेछ
  • e-bidding का लागि NCB तथा ICB प्रक्रिया अवलम्बन गरिनेछ
  • सबै प्रकारका ल्याब रसायन, सामग्री तथा उपकरणहरु
    • First Line Drugs (FLDs); Second Line Drugs (SLDs) र अन्य परामर्श सेवाहरु खरिद

वितरण

  • त्रयामसिक गोष्ठीमा तयार गरिएको अनुरोधका आधारमा वितरण गरिनेछ
  • पांच विकास क्षेत्रका जिल्लाहरुको लागि आवश्यक सामग्रीहरु सम्बन्धित पाँच क्षेत्रीय औषधि कार्यालयको मध्यम बाट वितरण गरिनेछ, तर निम्नलिखित जिल्लाहरु केन्द्रबाट पायक पर्ने कारण सिधै केन्द्रबाट वितरण गरिनेछ:
    • रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौँ, ललितपुर, धादिङ, नुवाकोट, रसुवा र सोलुखुम्बु
  • Second Line drugs को हकमा NTC ले सिधै DR Treatment Centers तथा केहि Sub –Centers हरुमा वितरण गर्नेछ
  • वितरणको लागि FIFO सिदान्तको आधार लिइनेछ
  • FLD को हकमा चार buffer stock रहनेछ भने जिल्लाहरुको हकमा त्यस्तो मौज्दात रहने छैन
  • तर DR Drugs को हाकमा short Shelf Life का कारण बफर मौज्दात रहेन छैन

भण्डारण

  • सबै औषधि तथा सामग्रीको लागि विभिन्न वर्गीकरणका आधारमा केन्द्रमा आधारित भण्डारमा भण्डारण गरिनेछ
  • भण्डारणको लागि उपर्युक्त तापक्रम राख्न Air Conditioner को व्यवस्था हुन्छ
  • Thermolabile  सामग्रीको भण्डारणको लागि हालैमात्र Cold Room को निर्माण गरिएको छ